मन्दिरमा राखिएको नगद सहितको दान पेटिका चोरी गर्ने पक्राउ
नेपाल प्रेस
२०७९ भदौ ६ गते १९:३३
काठमाडौं । विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको दान पेटिका चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगर २५ का ३० वर्षीय जिम्मी दोर्जे रहेका छन् ।
दोर्जेबाट दान पेटिका समेत बरामद गरिएको छ ।
उनीमाथि अनुसन्धानका लागि चोरी मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।
प्रतिक्रिया