बन्दको अवज्ञा गरेको भन्दै कोटेश्वरमा बस तोडफोड – Nepal Press

बन्दको अवज्ञा गरेको भन्दै कोटेश्वरमा बस तोडफोड

काठमाडौं । बन्दको अवज्ञा गरेको भन्दै चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड गरेका छन् ।

आज बिहान ४ दलिय मोर्चाको नेपाल बन्दको क्रममा विहान साढे ६ बजे बन्दकर्ता ५ जनाको समूहमा एक्कासि आएर महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो ।

कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै उक्त बसमाथि राष्ट्रिय बाणिज्य बैंक अगाडि गाडीमा ढुङ्गा प्रहार गरि सिसा फुटाएर भागेको  काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर