उपत्यकामा बन्दको आंशिक प्रभाव (तस्बिरहरु)
काठमाडौं । चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आवह्रान गरेको बन्दको प्रभाव उपत्यकामा सामान्य देखिएको छ ।
उपत्यकामा विहानैदेखि नीजि सवारी साधनहरु सञ्चालनमै छन् भने सार्वजनिक यातायात सञ्चालनमा छन् । बजारपसलहरु विहानैदेखि खुल्ला छ ।
बिहानै भने कोटेश्वरमा बन्दको अवज्ञा गरेको भन्दै महानगर यातायातमा बन्दकर्ताहरुले तोडफोड गरेर भागेका थिए । अहिले उपत्यकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चोकचोकमा प्रहरीहरु खटाएको छ ।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भष्टाचारकोविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले बन्दको आवह्रान गरेको हो ।
साथै उनीहरुले राज्यको रवैयाको कडा रुपले निन्दा गर्दै यथासिघ्र एमसीसी र एसपिपि, पक्राउ पुर्जी र झुट्ठा मुद्दाको खारेजी, संपूर्ण बन्दीको रिहाई र आकासिँदो महङ्गी नियन्त्रण गर्न माग गरेको छ ।