भोजपुरमा प्रेस चौतारीले गर्‍यो अनलाइन पत्रकारिता तालिम – Nepal Press

भोजपुरमा प्रेस चौतारीले गर्‍यो अनलाइन पत्रकारिता तालिम

भोजपुर । प्रेस चौतारी नेपालको आयोजनामा यहाँ दुई दिने अनलाइन पत्रकारिता तालिम सञ्चालन गरिएको छ ।

प्रेस चौतारी प्रदेश १ को सहजीकरण तथा प्रेस चौतारी नेपाल जिल्ला शाखा भोजपुरको आयोजनामा तालिम प्रदान गरिएको हो । तालिममा जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधित्व गर्दै ४३ जना सहभागी रहेको जिल्ला अध्यक्ष मोहन दुरालले बताए ।

तालिममा प्रेस चौतारी प्रदेश अध्यक्ष अविजल विष्ट, नेपाल पत्रकार महासंघ प्रदेश सचिव देवेन्द्र कार्की र प्रेस चौतारी नेपाल पूर्वसंस्थापक उपाध्यक्ष यज्ञ शर्माले गरेका छन् ।

तालिमको उद्घाटन समारोहमा नेकपा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राई, उपाध्यक्ष मकर खड्का, प्रदेश कमिटी सदस्य गणेश श्रेष्ठ, पत्रकार सम्बद्ध विभिन्न संघस्थाका प्रतिनिधिको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर