टीआरसी विधेयक द्वन्द्वपीडितलाई थप पीडा दिने गरी आयो : खगराज अधिकारी (भिडिओ) – Nepal Press

टीआरसी विधेयक द्वन्द्वपीडितलाई थप पीडा दिने गरी आयो : खगराज अधिकारी (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले शान्ति प्रक्रिया टुङ्गाउन सरकारले ल्याएको विधेयकमाथि एमालेको गम्भीर आपत्ति रहेको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले पीडितहरूमाथि पीडा थप्नेगरी सरकारले टीआरसीसम्बन्धी विधेयक ल्याएको भन्दै यसमा आफूहरुको असहमति रहेको बताए ।

‘द्वन्द्वकालीन अवस्थामा गिरफ्तार गरेपछि बलात्कार गर्ने, हत्या गर्ने, हतियारको प्रयोग गर्ने कुरा दुवै पक्षबाट भएकाले यसमा कसैलाई छुट दिन हुँदैन’, सांसद अधिकारीले भने ।

द्वन्द्वरत दुवै पक्षले मानवअधिकारको गम्भीर उल्लंघन गरेका कुराहरू र विशेष अदालत बनाएर ६ महिनाभित्र महान्याधिवक्ताले सक्नेजस्ता प्रावधानले पीडितहरूलाई थप पीडा दिने देखिएको उनको टिप्पणी छ ।

सर्वोच्च अदालतको निर्णय, अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी प्रतिबद्धताहरूलाई ख्याल गर्न अधिकारीले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर