वर्षमान भन्छन्- गठबन्धन साझा कार्यक्रम लिएर चुनावमा जान्छ (भिडिओ) – Nepal Press

वर्षमान भन्छन्- गठबन्धन साझा कार्यक्रम लिएर चुनावमा जान्छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आसन्न निर्वाचनमा गठबन्धन साझा कार्यक्रम लिएर जाने बताएका छन् ।

संसदबाहिर पत्रकारसँग बोल्दै पुनले भने, ‘तालमेल गर्ने दलहरूबीच पनि साझा कार्यक्रम र समान धारणा बनाएर जनतामाझ जान्छौं । साझा कार्यक्रममा गठबन्धनले जनताका लागि गर्ने कामहरूको प्रतिबद्धता हुनेछ ।’

वामशक्ति एकठाउँमा आउनुपर्नेमा पुनको जोड छ ।

माओवादी र एकीकृत समाजवादीसँग विचार र राजनीतिक कार्यदिशामा पनि एकरूपता रहेकाले एउटै घोषणापत्रमा चुनाव लड्ने तयारीमा रहेको उनले बताए ।


प्रतिक्रिया

One thought on “वर्षमान भन्छन्- गठबन्धन साझा कार्यक्रम लिएर चुनावमा जान्छ (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर