मुख्यमन्त्री राईको आक्रोश- नेताहरू आफू नसक्ने, अर्काको काँधबाट बन्दुक पड्काउने ? (भिडिओ) – Nepal Press

मुख्यमन्त्री राईको आक्रोश- नेताहरू आफू नसक्ने, अर्काको काँधबाट बन्दुक पड्काउने ? (भिडिओ)

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरणबारे केही अप्ठ्यारा पेस गरेका छन् ।

संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको छलफलमा मुख्यमन्त्री राईले नेताहरू जिम्मेवारीबाट पन्सिएको आरोप लगाए ।

‘नेताले आफूले नसकेर तल पठाउने । अनि पछाडि बसेर अर्काको काँधबाट बन्दुक पड्काउन खोज्ने ? त्यस्तो ‘ह्युमोरियल’ कुरा गर्ने । तपाईँहरूलाई चाहिएको थियो भने के-के चाहिएको थियो त्यही बेला घोषणा गर्दा हुँदैन थियो ?’, राईले भने, ‘त्यो बेला अगाडि छाती थाप्न नसक्ने आलोचना खेप्न नसक्ने अहिले मुख्यमन्त्रीलाई अगाडि होमिदिएर त्यसको आलोचना मैले खेप्नुपर्ने ? सांसदलाई आलोचनाको शिकार बनाउने । यी कारणले नाम राख्न अप्ठ्यारो भएको अवस्था हो ।’

प्रदेशलाई अधिकार र शक्तिविहीन बनाइएको भन्दै उनले नाम टुंग्याउने विषयमा संविधानमा केन्द्रको निर्देशन र ह्वीपको परिकल्पना नभएको बताए ।


प्रतिक्रिया

One thought on “मुख्यमन्त्री राईको आक्रोश- नेताहरू आफू नसक्ने, अर्काको काँधबाट बन्दुक पड्काउने ? (भिडिओ)

  1. अघिल्लो सरकारले केहि गर्न सकेन हामी गर्छौं भनेर गठबन्धन गरेको अहिले एमालेले गरेन भन्न लाज लाग्दैन? लुटन बनेको गठबन्धनले अरू काम गर्छ भन्ने कसैलाई विश्वास छैन। नाम समेत राख्न नसक्ने नालायकहरू तुरून्त राजिनामा दे।
    ‌‌

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर