माली मिसनमा नेपाली शान्ति सैनिकहरुको फेरबदल

२०७९ भदौ ७ गते १९:४७

काठमाडौं । युनाइटेड नेशनस् मल्टिडाइमेन्शनल इन्टिग्रेटेड स्ट्याबिलाइजेशन मिसन इन माली (मिनुस्मा) मालीमा तैनाथ नेपाली सान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
मंगलबार नेपाली सेनाको मुख्यालयमा आयोजित एक कार्यक्रममा ई.ओ.डि. गुल्म (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नको लागि ई.ओ.डि. गुल्म (शान्ति सेना) नवौं डफ्फाको पहिलो फ्लाईटमा प्रमुख सेनानी विवेक काफ्लेको नेतृत्वमा ८० जना नेपाली शान्ति सैनिकहरुलाई युन चार्टर्ड फ्लाइट (नेपाल एअरबस ए३२०) मार्फत त्यसतर्फ बिदाई गरिएको सेनाले जनाएको छ ।
संयुक्ता राष्ट्र संघको आग्रहमा नेपालले शान्ति मिसनका लागि सेना पठाउँदै आइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर