अफसिजनमा ताप्लेजुङको पाथिभरा मन्दिर (तस्बिरहरू) – Nepal Press

अफसिजनमा ताप्लेजुङको पाथिभरा मन्दिर (तस्बिरहरू)

ठूलोफेदी (ताप्लेजुङ) । ताप्लेजुङको नेपालकै प्रसिद्ध धार्मिक धाम पाथिभराको भ्रमणको मुख्य सिजन असोज, कार्तिक र चैत बैशाखमा हो। तर, अहिले पाथिभराको प्रचार बढेसँगै अफसिजन महिनाहरुमा पनि आगन्तुकहरुको दैनिक सयौं संख्या पुग्ने गरेको छ।

ठूलो फेदीमा रहेको नेपाल प्रहरीको अस्थाई प्रहरी चौकीको तथ्यांक अनुसार भदौ ४ गते ५०७ आगन्तुक आएका थिए भने ५ गते ११८ आगन्तुक आएका थिए। ६ गते बिहान ९ बजेसम्म मात्रै २५० आगन्तुक आएका थिए।

मेची राजमार्ग र तमोर करिडोर जस्ता राष्ट्रिय महत्त्वका सडकले जोडिएको ताप्लेजुङ जिल्ला सदरमुकामबाट एकै दिनमा पाथिभरा पुगेर सदरमुकाम फर्कन सकिन्छ । सदरमुकाम फुङलिङबाट डेढ घन्टा आसपासको सवारी यात्रामा काफ्लेपाटीसम्म कच्ची सडकको सुबिधा छ ।

काफ्लेपाटीबाट पाँच घण्टा हाराहारी उकालो पैदलमार्ग गरेको औसत हिड्ने मान्छे पाथीभरा पुग्छ। पाथिभरालाई लिम्बु भाषामा मुक्कुमलुङ भनिन्छ । चिसो क्षेत्र भएकोले पूजापाठमा जुत्ताचप्पल अनिवार्य खोल्ने नियम भने मन्दिरमा छैन। सिजनका महिनाहरुमा भने दैनिक १५ हजारसम्म आगन्तुकहरु आएको ठुलो फेदि क्षेत्रमा होटेल गर्ने अम्बिका प्रसाईं बताउँछिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर