काठमाडौं मलअगाडिका अवैध संरचनामा महानगरले लायो डोजर (तस्बिर/भिडिओ)
नेपाल प्रेस
२०७९ भदौ ८ गते ११:१८
काठमाडौं । काठमाडौं महानगरले सुन्धारास्थित काठमाडौं मलअगाडि बनाइएका अवैध संरचना भत्काउन थालेको छ ।
नक्सा पास नगरी बनाइएका ती संरचना महानगरले डोजर प्रयोग गरी भत्काउन थालेको हो ।
संरचना भत्काउनुअघि महानगरका प्रहरीले ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराएका थिए ।
अवैध संरचना भत्काउन र पसल खाली गराउन महानगरका मेयर बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका छन् ।
यसअघि महानगरले बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।
तस्बिरहरू : उमेश कार्की ।
प्रतिक्रिया
सम्बन्धित खवर