धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँड, १९ लाख हात खाली – Nepal Press

धौलागिरि लघुवित्तको आईपीओ बाँडफाँड, १९ लाख हात खाली

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड भएको छ । आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले आवेदन दिएका थिए । भने ८७ हजार ८२० वटा आवेदन भने रद्द भएको छ ।

आवेदन दिएका मध्ये ३० हजार ९ सय २९ जनाले गोला प्रथाबाट ३ लाख ९ हजार २९० कित्ता सेयर पाएका छन् । सानिमा क्यापिटलले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक रहेको थियो । साउन २४ गतेदेखि साउन २९ गतेसम्म ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये ०।५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूका लागि र बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर