एक करोड बढी जरिवाना र कैद तोकिएका अभियुक्त पक्राउ – Nepal Press

एक करोड बढी जरिवाना र कैद तोकिएका अभियुक्त पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा एक करोड १९ लाख ४ हजार रुपैयाँ जरिवाना र २४ दिन सजाय तोकिएका एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वी रुकुमको सिस्ने गाउँपालिका–५ स्थायी घर भएका ३९ वर्षीय अर्जुन बुढाथोकीलाई काठमाडौंको सुकेधाराबाट मंगलबार पक्राउ गरेको हो ।

बुढाथोकी काठमाडौंकै बाफलमा बस्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *