निहारिकाको छोरा र आरोपीको डीएनए टेस्ट गराउन उच्च अदालतको आदेश – Nepal Press

निहारिकाको छोरा र आरोपीको डीएनए टेस्ट गराउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत जनकपुरले ‘कुमारी आमा’ का रुपमा चिनिएकी निहारिका राजपूतको बच्चा र आरोपि शिवराज श्रेष्ठको डीएनए टेस्ट गर्न आदेश दिएको छ । सरकारी वकिलको माग बमोजिम आज अदालतले सो आदेश दिएको हो ।

निहारिकाले शिवराजबाट बलात्कार भएर आफ्नो बच्चा जन्मिएको दावी गर्दै १७ दिन आमरण अनशन बसेकी थिइन् । आफ्नो बच्चा र आरोपीको डीएनए म्याच गराउनुपर्ने उनको मुख्य माग थियो । सरकारका तर्फबाट कानूनमन्त्री गोबिन्द बन्दीले उनको माग पूरा गराउने आश्वासन दिएका थिए ।

कानूनमन्त्रीले निहारिकासँग गरेको प्रतिवद्धता उच्च अदालतले पुरा गरिदिएको हो ।उच्च सरकारी वकिलको कार्यालय जनकपुरमार्फत निहारिकाको छोरा र आरोपी श्रेष्ठलाई विधिविज्ञान प्रयोगशाला जनकपुर पठाएर निहारिकाकै रोहबरमा डीएनए नमूना लिन अदालतले आदेश दिएको छ ।

आज न्यायधीसद्वय रेखा थापा पाण्डे र भोजराज अधिकारीको दुईसदस्यीय इजलासल आदेश दिएपछि सरकारलाई निहारिकाको माग पूरा गर्न बाटो खुलेको छ ।

आदेशपछि प्रतिक्रिया दिँदै निहारिकाले उच्च अदालतको आदेश तत्काल कार्यान्वयन हुने आशा व्यक्त गरिन् । डीएनएकाे नमूना राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका साथै नेपाल प्रहरीको ल्याबबाट पनि परीक्षण गर्नुपर्ने उनले माग गरिन् । अदालतले भने विधिविज्ञान प्रयोगशालाबाट परीक्षण गर्न मात्र भनेको छ ।

निहारिकाको बच्चा र आरोपीको डीएनए टेस्टका लागि ८ गते उच्च अदालतले आदेश दिने तय भएको समाचार नेपाल प्रेसले प्रकाशित गरेको थियो ।

याे पनि पढ्नुस् :

http://निहारिका प्रकरण: डीएनए टेस्टको आदेश ८ गते आउने, अनशन तोडाउने कानूनमन्त्रीको प्रयास

http://निहारिकाको जीवन रक्षा गरियोस्, बच्चाको ‘डीएनए टेस्ट’ होस्

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर