गठबन्धन बैठकः १६५ क्षेत्रकै विस्तृत प्रतिवेदन तयार पार्न कार्यदललाई निर्देशन – Nepal Press

गठबन्धन बैठकः १६५ क्षेत्रकै विस्तृत प्रतिवेदन तयार पार्न कार्यदललाई निर्देशन

काठमाडौं । सत्तारूढ गठबन्धन दलका शीर्ष नेता र सीट बाँडफाँट कार्यदलको संयुक्त बैठक सकिएको छ ।

बिहान नौ बजेबाट बसेको बैठक कार्यदललाई १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन निर्देशन गर्दै सकिएको कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘आज फेरि कार्यदलमै जिम्मेवारी दिने शीर्षस्थ नेताबाट निर्देशन भएको छ,’ उनले भने, ‘कार्यदललाई १६५ नै निर्वाचन क्षेत्रको अवस्था कस्तो विस्तृत भनेर प्रतिवेदन पेस गर्ने जिम्मेवारी प्रदान भएको छ ।’

कार्यदलको बैठक पुनः ४ बजे बस्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर