एमाले पोलिटब्युरो बैठक जारी – Nepal Press

एमाले पोलिटब्युरो बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू भएको छ । ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक जारी छ ।

बैठक आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको एजेण्डामा केन्द्रित छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलिदेखि सुरू हुने केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनका बारेमा पनि छलफल हुनेछ ।

आजको पोलिटब्युरो बैठकमा प्रदेश र प्रतिनिधिसभामा कस्ता उम्मेदवार उठाउने, कसरी जाने भन्ने विषयमा छलफल हुने एक नेताले बताए ।

भोलि र पर्सि दुई दिन केन्द्रीय कमिटी बैठक बस्दैछ । यस्तै १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक तय गरिएको छ ।

यसअघि मंगलबार बसेको स्थायी कमिटीको बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी एवं रणनीतिबारे छलफल गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर