केन्याविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
काठमाडौं । केन्याविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।
पाँच खेलको सिरिजमा नेपालले केन्यासँग आज पहिलो खेल खेल्न लागेको हो ।
नौरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेलमा नेपालले कप्तान सन्दीप लामिछाने, मोहमद आदिल अलाम, आरिफ शेख, आसिफ शेख, दिपेन्द्रसिंह एरि, रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, विवेक यादव र पवन सर्राफलाई मैदान उतारेको छ ।
नेपाल र केन्याबिछ पहिलो पटक टी –२० अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । आईसीसी टी–२० विश्वकप छनोटका क्रममा नेपाल र केन्याबीच दुई पटक भेट भएको छ ।
सन् २०१२ मा यूएईमा भएको सो खेलमा नेपालले केन्यालाई५ विकेटले हराएको थियो । यस्तै, सन् २०१४ मा यूएईमा नै भएको खेलमा केन्याबिरुद्द नेपालले ६ विकेटको जित निकालेको थियो ।