महिला कर्मचारीलाई महानगरको दर : छमछमी नाचे बालेन, लजाइन् सुनिता (भिडिओ) – Nepal Press

महिला कर्मचारीलाई महानगरको दर : छमछमी नाचे बालेन, लजाइन् सुनिता (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले महिला कर्मचारीहरुका लागि आज तिज विशेष कार्यक्रम आयोजना गरेको छ । प्रज्ञा भवनमा आयोजित कार्यक्रममा महानगरका मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोल उपस्थिति थिए ।

मेयर साह कार्यक्रममा बिन्दास मुडमा पेश भए । काठमाडौंका विभिन्न स्थानमा बनेका अवैध संरचना भत्काउँदै हिँडेका उनी तिज कार्यक्रममा भने तनावमुक्त देखिन्थे । सो कार्यक्रममा भाग लिएपश्चात साह वानेश्वर आएर अल्फाबिटा कम्प्लेक्समा डोजर हान्न आइपुगेका थिए ।

तिज विशेष कार्यक्रममा मेयर साह महिला कर्मचारीहरुसँग कम्मर मर्काउँदै नाचेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उपमेयर सुनिता भने नाच्न लजाएकी छन् । उनले उभिएर थपडी मात्रै बजाएको देखिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर