एमालेको निष्कर्ष- गठबन्धनका क्रियाकलापले राष्ट्रियता, लोकतन्त्र र जनजीविकामा संकट
काठमाडौं । सत्तारूढ गठबन्धनका गतिविधिहरूले मुलुकको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा संकट पैदा गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निष्कर्ष निकालेको छ ।
आजबाट सुरू भएको एमाले केन्द्रीय कमिटिको चौथो पूर्ण बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यो विषय उल्लेख छ ।
‘सारमा गठबन्धनका क्रियाकलापले राष्ट्रियता, लोकतन्त्र र जनजीविकामाथि नै ठूलो संकट पैदा हुँदै गएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रिय राजनीतिलाई गलत दिशामा जानबाट रोक्न र राष्ट्रहितको रक्षा, लोकतन्त्रको सुदृढिकरण, समृद्धिको अभियानको निरन्तरताका साथै जनतामा बढ्न थालेको नैराश्य र हताशालाई चिर्दै उज्जल भविष्यको आशावाद निर्माण गर्न पार्टीले निर्णायक भूमिका खेल्न जरुरी छ ।’