बालेनले खाली गराएको बेसमेन्टमा आइतबारदेखि पार्किङ गर्न दिने राहदानी विभागको सूचना
काठमाडौं । राहदानी विभागले आवेदकहरुका लागि होल्डिङ सेन्टरका रुपमा प्रयोग हुँदै आएको बेसमेन्टमा आइतबारदेखि सेवाग्राहीको पार्किङका लागि प्रयोग गरिने जनाएको छ ।
आज एक सूचना जारी गर्दै विभागले काठमाडौं महानगरले खाली गराएको बेसमेन्टमा पार्किङका लागि खुला गरिने जनाएको हो ।
विभागले लाइभ एनरोलमेन्ट सेन्टरमा राहदानी विभागमा काम भएका सेवाग्राही मात्र जान अनुरोध गरेको छ । त्यस्तै, राहदानी आवेदनका लागि आवदेकहरुले आवेदनमा फारामन तोकिएको मिति र समयमा मात्र विभागमा आउन आग्रह गरिएको छ ।
विभागले तयार भएको राहदानी लिन जाने सेवाग्राहीहरूलाई साविकमा झै गेट नं. २ बाट प्रवेश गर्न भनेको छ भने राहदानीसम्बन्धी सेवा लिनका लागि विभाग आउँदा आवश्यक अवस्थामा बाहेक सम्बन्धित आवेदक मात्र आउन पनि आग्रह गरेको छ ।
त्यस्तै, विभाग अगाडिको सडकमा भिडभाड नगर्न पनि सूचनामा भनिएको छ ।