केन्याविरुद्धको दोस्रो खेलमा नेपालले पायाे १३३ रनको लक्ष्य
नेपाल प्रेस
२०७९ भदौ १० गते १७:२२
काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत केन्याविरुद्धको दोस्रो खेलमा नेपालले १३३ रनको लक्ष्य पाएको छ ।
केन्याको घरेलु मैदानमा टस जितेर पहिला बलिङ रोजेको नेपालले केन्यालाई १३२ रनमा सिमित गरेको थियो । केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमामएर एक सय ३२ रन जोड्यो ।
यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। त्यस खेलमा नेपालले पहिला ब्याटिङ गरेको केन्यालाई १३० रनमा सिमित गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर