काठमाडौं महानगरले वनस्थलीमा पनि चलायो डोजर – Nepal Press

काठमाडौं महानगरले वनस्थलीमा पनि चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वनस्थलीस्थित ढुङ्गेधाराको अवैध संरचनामा डोजर चलाएको छ ।

नक्सा पास नगरी बनाइएका ती संरचना महानगरले डोजर प्रयोग गरी भत्काउन थालेको हो । वनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको ‌अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ ।

ढुङ्गेधारामा रहेकाे ओम साईबाबा अस्पतालकाे भर्याङ पनि भत्काएकाे छ । अवैध संरचना भत्काउन महानगरका एसपी  राजु पाण्डेकाे नेतृत्वमा टाेली खटिएकाे छ ।

महानगरले यसअघि३५ दिन भित्र अबैध स‌ंरचना हटाउन संरचना हटाउन निर्देशन दिएका थिए । यसअघि महानगरले बिहीबार बानेश्वरको अल्फाबिटाको संरचना हटाएको थियो भने बुधबार काठमाडौं महल अगाडिको संरचना हटाएको थियो ।

 


प्रतिक्रिया

One thought on “काठमाडौं महानगरले वनस्थलीमा पनि चलायो डोजर

  1. अवैध तरिकाले प्रयोग गरेका अरेक ठाउँ र गल्ली हरुमा पनि नजर परोस् भन्ने चाहानुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर