दीर्घकालीन योजना बनाउन प्रधानमन्त्री देउवाको आग्रह (भिडिओ) – Nepal Press

दीर्घकालीन योजना बनाउन प्रधानमन्त्री देउवाको आग्रह (भिडिओ)

रुपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवाले आधुनिक पूर्वाधारको विकासबाट मात्रै मुलुकमा आर्थिक समृद्धि संभव भएको बताएका छन् ।शनिबार बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले अव्यवस्थित शहरीकरणले बढाएको समस्यालाई ध्यानमा राखेर दीर्घकालीय योजना बनाउन आग्रह गरेको बताए् ।

करिब १० मिनेट लिखित मन्तव्य राखेका देउवाले कुनै राजनीतिक विषयमा प्रवेश नै नगरी शहरीकरणको व्यवस्थापन, दीर्घकालीन योजनाले पार्ने प्रभाव र बनेका योजना पूर्ण गतिमा संचालन गर्नुपर्ने बताएका थिए ।‘यसअघिका अव्यवस्थित शहरले अहिले धेरै खर्च बढाएको छ, समस्या थपेको छ अब त्यसलाई हटाएर दीर्घकालीन योजना बनाउनुपर्दछ’– प्रभानमन्त्री देउवाले भने ।

संघीय शासन प्रणाली भएसँगै यसलाई दीगो बनाउन शहरीकरणमा निश्चित मापदण्ड बनाएर अगाडि जानुपर्ने शहरी पूर्वाधारलाई व्यवस्थित बनाउनुपर्ने अबको योजना रहेको र प्रदेश र स्थानीय सरकारले पनि यसलाई अंगिकार गरेर अगाडि जानुपर्ने देउवाले बताए । ‘अब यसलाई मुख्यबजार र तराईमा मात्रै होइन, पहाडी तथा हिमाली क्षेत्रमा पनि योजना बनाएर जानुपर्ने भएको छ, एकपटक खर्च गरिएका स्थानमा यसरी योजना बनाएर लगानी गर्दा पुनः खर्च गर्नुपर्दैन’– उनले भने ।

बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले यहाँको दीर्घकालीन विकासमा सहयोग पुराउने उनको भनाइ छ । ‘यसको संचालनबाट यहाँको आर्थिक वृद्धिबाट लाभ उठाउन आग्रह छ,संचालनबाट लाभ उठाउन नसके अर्को स्थानमा लगानी गर्न समस्या हुन्छ, यसका लागि यहाँका सबै क्षेत्रले ध्यान पुराउनुहोला, यो मेरो आग्रह हो ।’ प्रधानमन्त्री देउवाले भने ।

बुटवललाई आधुनिक शहरको रुपमा निरन्तरता दिन सम्मेलन केन्द्रले महत्वपूर्ण भूमिक निभाउने, पर्यटन विकासबाट आर्थिक विकासमा टेवा पुराउने, आधुनिक पूर्वाधारले यहाँको गरिमा बढाएकाले निजी क्षेत्रले समेत यसको संचालनका लागि ध्यान पुराउनुपर्ने देउवाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर