रुपन्देहीको विकासले देशको पहिचान बलियोः गृहमन्त्री खाँड (भिडिओ) – Nepal Press

रुपन्देहीको विकासले देशको पहिचान बलियोः गृहमन्त्री खाँड (भिडिओ)

रुपन्देही । गृहमन्त्री बालकष्ण खाँडले रुपन्देहीको विकासले देशकै पहिचान बलियो बनाएको बताएका छन् । बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै खाँडले नेपालको करिब मध्यभागमा पर्ने रुपन्देहीमा बनेको अन्तर्राष्ट्रिय विमानस्थल, बुद्धस्थल लुम्बिनीमा सम्मपन्न हुन लागेको लुम्बिनी गुरुयोजना, बुटवलमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायतका पूर्वाधारहरुले देशकै गरिमा बढाएको बताए ।

‘लुम्बिनी संसारकै आस्थाको केन्द्र हो त्यसैले यहाँको विकासले राष्ट्रिय महत्व राख्नेछ, जेठ २ गते बुद्ध पूर्णिमामा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो, आज यहाँको सम्मेलन केन्द्र भयो विश्वका धेरै देशहरुसँग सम्बन्ध बलियो बनेको छ अब थप एयर रुटको लागि प्रधानमन्त्रीले कुरा गरिरहनुभएको छ,भारतीय प्रधानमन्त्री लुम्बिनीमा ल्याउन सकेकाले पनि रुपन्देहीको गरिमा बढेको छ ।’ गृहमन्त्री खाँडले भने ।

बुटवलको सम्मेलन केन्द्रमा राज्यले गरेको लगानीको प्रतिफल निकाल्ने गरी अगाडि बढ्नुपर्ने बताउँदै उनले यसबाट आएको आम्दानीले अन्य क्षेत्रमा लगानी गर्ने विश्वास दिलाउनुपर्ने सनदेश दिनुपर्ने बताएका छन् ।

‘अधिकतम्रुपले प्रयोग गरौं, यसको लगानीले प्रतिफल दिलाऔं, संचालनका लागि राज्यलाई थप व्यभार नलगाऔं, हरेक दिन तीन लाख संचालन खर्च जुटाउनै पर्दछ त्यसको लागि सबैले गम्भीर भएर सोचौं,’ उनले भने ।

गृहमन्त्री खाँडले लुम्बिनीमा रहेका मोतीपुर र नौवस्ताको औद्योगिक क्षेत्र छिटो बनाउन स्थानीयको व्यवस्थापन गरेर अगाडि जाने सरकारको नीति रहेको बताउँदै कार्यदलले क्षेत्रफल तोकेर अस्थायी बसोबास गरेका नेपाली नागरिकलाई कसरी स्थायित्व बनाउने भन्ने विषयमा निचोड निकालले बताएका छन् ।

‘यसमा सरकारको विशेष चासो रहेको छ यसका साथै भूमिहीनलाई उचित व्यवस्थापन गर्न भूमि आयोगबाट व्यवस्थापनको तयारी भएको छ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर