अध्यक्ष ओलीले गरे वाम एकता र सहकार्यको आह्वान
नेपाल प्रेस
२०७९ भदौ ११ गते १५:२३
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले तर, त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् । उनले एकताको नाममा अल्मलिने भूलचाँही एमालेले नगर्ने प्रष्ट्याएका छन् ।
नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज दोस्रो तथा अन्तिम दिन जारी छ । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेस क्रमैसँग भइरहेका छन् ।
प्रतिक्रिया
ल है एकता लागि सबै बाम पन्थिहरु एकजुट भै लागौ ।यसैमा देश र जनताको भलाई छ।