‘बा’हरुलाई बिदा गरौं, नामको अगाडि बा भएकाहरु डोजर लिएर निस्किसके : रवि लामिछाने (भिडिओ) – Nepal Press

‘बा’हरुलाई बिदा गरौं, नामको अगाडि बा भएकाहरु डोजर लिएर निस्किसके : रवि लामिछाने (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व संचारकर्मी रवि लामिछानेले केपी ओली , शेरबहादुर देउवा र प्रचण्डलाई लक्षित गर्दै उनीहरुलाई स–सम्मान बिदा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

आफू नेतृत्वको पार्टीको राजधानीमा आयोजित भेलालाई सम्बोधन गर्दै रविले यस्तो धारणा व्यक्त गरेका हुन् । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहको वर्तमान गतिविधीको प्रशंसा गर्दै रविले अगाडी ‘बा’ आउनेहरु परिवर्तनका लागि डोजर लिएर निस्कीसकेको हुनाले पछाडि ‘बा’ आउनेहरु राजनितीबाट बिदा हुनुपर्ने बताएका हुन् ।

‘म सबै ‘बा’हरुलाई आज बाको मुख हेर्ने दिन स–सम्मान एउटा सन्देश दिन चाहन्छु , पछाडि बा बहेका तीन ‘बा’ केपी बा, देउबा र नानीका बालाई स–सम्मान बिदा गरौ अगाडि बा भएकाहरु डोजर लिएर निस्कीसके । उनले भने ।


प्रतिक्रिया

One thought on “‘बा’हरुलाई बिदा गरौं, नामको अगाडि बा भएकाहरु डोजर लिएर निस्किसके : रवि लामिछाने (भिडिओ)

  1. अस्थिरता को खेति गर्न कतै बाट संचालित मनुवा हुन सक्छ,मुलधार का पार्टी हरु का अबश्य कमजोरी हरु छन् लोकतन्त्र को कमजोरी होइन, यसको मतलब लोकतान्त्रिक व्यवस्था बिरुद्द हुने जुनसुकै आवरणमा हुने षड्यन्त्र लाइ बेलैमा चिर्नु पर्छ यस्ता हावा हरु ले धेरै भ्रम सृजना गर्न सक्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर