नेपाल प्रेसमा विनु यादवको बयान झुटो र भ्रामक रहेको भन्दै डिएसपी कार्कीको खण्डन – Nepal Press

नेपाल प्रेसमा विनु यादवको बयान झुटो र भ्रामक रहेको भन्दै डिएसपी कार्कीको खण्डन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीले नेपाल प्रेसमा २०७९ असार ९ गते प्रकाशित तथा प्रसारित विनु यादवको बयानमा आफ्नो नाम बिनाकरण मुछिएकोमा लिखित रुपमा खण्डन गरेका छन् ।

उनले साउन १६ गते नेपाल प्रेसलाई पठाएको र केही दिनअघि मात्र प्राप्त भएको खण्डनको व्यहोरामा आफूलाई समेत जोडेर सम्प्रेषण भएको सामग्री झुटा, बनावटी र आधारहीन भएको बताएका छन् ।

डिएसपी कार्कीका भान्जा प्रदीप कठायतविरुद्ध मुद्दा मामिला गरिरहेकी विनु यादवको कठायतसँगको सम्बन्ध बिच्छेदाको मुद्दा अदालतबाट सदर भएपछि उनी माथिल्लो अदालतमा समेत गएकी छन् ।

उनले काका ससुरा पवन कठायतविरुद्ध समेत जबर्जस्तीकरणी उद्योगमा जाहेरी दिएकी छन् । विनुले लगाएका आरोप निराधार रहेको र अफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै डिएसपी कार्कीले तथ्यहीन समाचारले आफ्नो व्यक्तिगत, पारिवारिक, व्यवसायिक तथा सामाजिक जीवनमा समेत नकारात्मक असर पुगेको तथा मानसिक यातना दिइएको बताएका छन् । हाल कर्णाली प्रदेश प्रहरीमा कार्यरत कार्कीले नेपाल प्रेस काउन्सिललाई बोधार्थ दिएर पठाएको खण्डन जस्ताको त्यस्तै प्रकाशित गरिएको छ ।

(सम्पदकीय नोटः प्रस्तुत सामग्री नेपाल प्रेसको समाचार नभएर विनु यादवको वयान (एकतर्फी)भनाई हो । डिएसपी कार्कीप्रति नेपाल प्रेसले संस्थागत रुपमा कुनै आरोप नलगाएको स्पष्ट पार्दछौं)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *