कांग्रेस सहमहामन्त्रीकाे भड्किलाे भाषण- एमालेका नेतालाई लखेट्नू (भिडिओ) – Nepal Press

कांग्रेस सहमहामन्त्रीकाे भड्किलाे भाषण- एमालेका नेतालाई लखेट्नू (भिडिओ)

जनकपुरधाम । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले नेकपा एमालेका नेतालाई लखेट्नुपर्ने भड्काउ अभिव्यक्ति दिएका छन् ।

धनुषामा शनिवार कांग्रेसद्वारा आयोजित ‘जनताको साथमा काँग्रेस’ अभियानको उद्घाटन गर्दै सह–महामन्त्री यादवले भड्काउ अभिव्यक्ति दिए । उनले नागरिकता विधेयक रोक्न भुमिका खेलेको भन्दै एमाले नेतालाई लखेट्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

सह–महामन्त्री यावदले एमाले नेतृ जुली महासेठलाई लक्षित गर्दै भने, ‘ऊ जुली गाउँ पसिहाल्छिन् । एक दिन लखेटेपछि रामपुर चोकबाट पनि भागिनन् भने मलाई भन्नुहोला ।’

‘यो पटक लखेटेनौं भने फेरी मलाई भन्नुहोला, अर्को पटक भाषण गर्दिनँ’, उनले भने, ‘हामीहरु लखेट्छौं । तपाई पनि लखेट्नुस् । दुवैजना मिलेर लखेटौं त ।’ उनले श्रीमान– श्रीमती दुवै मिलेर ठगिरहेको भन्दै कार्यक्रममा उपस्थित महिलाहरुलाई नरिसाउन आग्रह गरे ।

उनले भने, ‘हेमबहादुर पनि श्रीमतीसँग मिलेर ठगेँ, तर आज ऊ कता छन् ? म भविष्यवाणी गर्छु । म पनि केहि कुरा बुझ्छु । नागरिकता विधेयकको विरोध गर्ने महासेठ दम्पतिलाई हेमबहादुर भन्दा बेहाल गरिदिन्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर