लुम्बिनी सरकारले आइतबार थारु समुदायलाई दियो सार्वजनिक बिदा – Nepal Press

लुम्बिनी सरकारले आइतबार थारु समुदायलाई दियो सार्वजनिक बिदा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले थारू जातिको अटवारी पर्वको अवसरमा सो समुदायलाई आइतबार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले अटवारी पर्व मनाउने समुदायलाई मात्र सार्वजनिक बिदा दिएको हो । बिदा मिलान गर्ने गरी थारु समुदायलाई पर्व बिदा दिइएको हो ।

थारु समुदायको चाड अटवारीकै अवसरमा दाङका ४ स्थानीय तहले पनि सार्वजनिक बिदा दिएका छन् । तुलसीपुर र घोराही उपमहानगरपालिका तथा राप्ती र दंगीशरण गाउँपालिकाले थारू जातिले मनाउँदै आएको अटवारी पर्वको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको हो ।

सूर्यको उत्पत्ति भई संसार उज्यालो भएपछि मानवसहित सम्पूर्ण प्राणीहरूको कल्याण भएको मान्यताअनुसार थारु समुदायले सूर्यको पूजा आराधना गरेर यो पर्व मनाउने परम्परा रहेको छ। यो थारु समुदायको दोस्रो ठूलो पर्व हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *