त्रिविको पत्रकार सम्मेलनमा नेविसंघका विद्यार्थीको हस्तक्षेप – Nepal Press

त्रिविको पत्रकार सम्मेलनमा नेविसंघका विद्यार्थीको हस्तक्षेप

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघले हस्तक्षेप गरेको छ । त्रिविका उपकुलति डा. धर्मकान्त बास्कोटाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेविसंघको कार्यकर्ताले  विथोलेको हो ।

त्रिवि आज त्रिविको स्मृति हलमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । नेविसंघको कार्यकर्ता पत्रकार सम्मेलन विथोल्ने गरी हस्तक्षेप गर्न पुगेका थिए ।

पत्रकार सम्मेलनस्थल बाहिर नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिविमा शान्ति सुरक्षा कायम गर्नुपर्छ भन्दै नारा लगाएर प्रदर्शन गरेका थिए । नेविस‌ंघले  पत्रकार सम्मेलन गर्न नदिने भन्दै पत्रकार सम्मेलनस्थलमा ढुंगा प्रहार समेत गरेको   ित्रविका एक   पदाधिकारीले बताए। त्यही बीचमा द्विपक्षीय विद्यार्थीबीच झडपको अवस्था सृजना भएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेविसंघ प्रश्नपत्र हुबहु सोध्ने प्राध्यापकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएको छ भने एमाले निकट अनेरास्ववियूले तालाबन्दी खोल्ने चेतावनी दिएको छ ।

त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको छ । विश्वविद्यालयललाई नै बन्धक बनाउने गरी तालाबन्दी गर्ने समूहको खोजी गरी त्यस्ता व्यक्तिहरूलाई आवश्यक कारबाही गरी त्रिवि केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको थियो ।

केन्द्रीय कार्यालयको मुख्य प्रशासनिक भवनमा गरिएको तालाबन्दी र काम गर्न गरिएको अवरोधको कारणले विश्वविद्यालयका दैनिक कामकारबाही रोकिएको त्रिविका उपकुलपति डा बास्कोटाले बताए ।

विश्वविद्यालयको पदाधिकारी एवं कर्मचारीहरूको भरपर्दो शान्ति सुरक्षाको अभावमा विश्वविद्यालय सञ्चालन गर्न कठिनाई हुने भएकोले शान्ति सुरक्षाको व्यवस्थापन नभएको अवस्थामा विश्वविद्यालयको गरिमा कायम राख्नका लागि विश्वविद्यालयले कडा कदम उठाउने निर्णय गरेपछि नेविसंघका कार्यकर्ता हस्तक्षेप गर्न पुगेका हुन्।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर