केन्याविरूद्ध टस हारेर फिल्डिङमा नेपाल, अर्जुनको डेब्यू
नेपाल प्रेस
२०७९ भदौ १२ गते १५:४०
काठमाडौं । केन्याविरुद्धको तेस्रो टी-२० खेलमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ ।
आजको खेलमा नेपालले टिममा दुई परिवर्तन गरेको छ ।
आसिफ शेखलाई स्थानान्तरण गर्दै विकेटकिपर अर्जुन साउदले डेब्यू गरेका छन् । यस्तै, वसिर अहमदको ठाउँमा साहव आलम प्लेईङ सेटमा परेका छन् ।
पाँच खेलको सिरिजमा नेपालले केन्यासँगको पहिलो खेल ५ विकेटले जितेको थियो । भने, दोस्रो खेल १८ रनले हारेको थियो ।
नेपाली टिमः सन्दीप लामिछाने, मोहमद आदिल अलाम, आरिफ शेख, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरि, रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, पवन सर्राफ, साहव आलम
प्रतिक्रिया
सम्बन्धित खवर