त्रिविको बेथितिबारे सदनमा एमालेको प्रश्न- नेविसंघलाई मण्डलेको अवतारमा उतार्न खोजिएको हो ? (भिडिओ) – Nepal Press

त्रिविको बेथितिबारे सदनमा एमालेको प्रश्न- नेविसंघलाई मण्डलेको अवतारमा उतार्न खोजिएको हो ? (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेविसंघले राज्यको आडमा गुण्डागर्दी गरेको आरोप लगाएको छ । सांसद प्रदीप ज्ञवालीले सोमबारको प्रतिनिधिसभा बैठकमा त्रिविमा नेविसंघले गुण्डागर्दी गर्दा पनि राज्य मौन देखिएकोमा सदनको ध्यानाकर्षण गराए ।

त्रिविमा देखिएको समस्या समाधान नगरे बैठक चल्न नदिने चेतावनी दिँदै ज्ञवालीले भने, ‘नेविसंघलाई मण्डलेको अवतारमा उतार्न खोजिएको हो ? कुलपति प्रधानमन्त्रीलाई पोल्नुपर्छ कि पर्दैन । विद्यार्थीको निरन्तर पलायन भइरहेको अवस्थामा उनीहरूलाई यहाँ सुरक्षा गर्ने बेलामा सरकारबाट सुरक्षित गुण्डागर्दी गर्न छुट छ र ?’

विश्वका टप ५०० को र्‍यांकिङमा पनि हाम्रा विश्वविद्यालय नपरेको भन्दै ज्ञवालीले कुनै स्वतन्त्र संस्थाहरूको अस्तित्व मेट्न खोज्दा सरकार यसरी नै टुलुटुलु हेरेर बसेको टिप्पणी गरे ।

‘तीन वर्षमा तीन सय दिन तालाबन्दी भएपछि । कक्षाकोठामा हिँडिरहेका प्राध्यापकमाथि आक्रमण गरिएपछि आक्रमण गर्नेलाई कारबाही नगरिएपछि र मुद्दा चलाइएकालाई पनि फिर्ता लिने अवस्था भएपछि विश्वविद्यालय कसरी चल्छन् ? शिक्षाको गुणस्तर कसरी हुन्छ ?’, उनको प्रश्न थियो ।

सांसद ज्ञवालीले थपे, प्राध्यापकमाथि आक्रमणकारीको मुद्दा फिर्ता लिने कुरा, प्रहरी पछिपछि आक्रमणकारी अगाडि अगाडि गएर तालाबन्दी गर्ने, कार्यकक्ष तोडफोड गर्ने । अझ माइन्यूटसमेत लुटेर जाँदा न कुलपत बोल्नुभएको छ, न सहकुलपति बोल्नुभएको छ । न त गृहमन्त्री नै बोल्नुभएको छ ।’

एमालेको मागपछि सभामुख अग्नि सापकोटाले विश्वविद्यालयको समस्या यथाशीघ्र समाधान गर्न सरकारलाई रुलिङ गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर