गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने ल्याकत कांग्रेसले राख्छ ? पौडेल भन्छन्: टाइम लाग्छ – Nepal Press

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने ल्याकत कांग्रेसले राख्छ ? पौडेल भन्छन्: टाइम लाग्छ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा नयाँ नेतृत्व आउन समय लाग्ने बताएका छन् ।

‘अबको चुनावपछि गगन थापा जस्ता दोस्रो पुस्ताका नेताहरुलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि बढाउन सक्ने ल्याकत नेपाली कांग्रेसमा छ वा छैन’ भन्ने प्रश्नको जवाफमा पौडेलले भने, ‘कांग्रेस पनि पुरातन पार्टी त हुँदै हो । अरुले पनि भर गर्ने गरी हाम्रो नेतृत्व विस्तारै आउन पर्छ । तर, टाइम लाग्छ ।’

नेता पौडेलले सोमबार सम्पादकहरुसँग अन्तरक्रिया गरेका थिए । भारतको राजनैतिक दृष्टान्त प्रस्तुत गर्दै सम्पादकहरुले पौडेललाई उक्त प्रश्न गरेका थिए । सम्पादकहरुको प्रश्नको जवाफमा उनले थपे, ‘त्यसमा एउटा कुरा के बिर्सिनुहुन्न भने मोदी भाषणले मात्र आएका हैनन् । मोदी गुजरातमा काम गरेर देखाएर आएका हुन । आफ्नो क्षमताको प्रदर्शन प्रदेशमै गरेर उनले देश चलाउन सक्छन् भन्ने देखाएका हुन् । मेरो पार्टीभित्र पनि कोही आउनुहुन्छ मोदी जस्तै भएर भने म उहाँलाई साथ दिन तयार छु ।’

तलैदेखि खरिएर कोही नेतृत्व आए आफू सहयोग गर्न तयार रहेको भन्दै नेता पौडेलले भने, ‘मैले बाहिरतिर सुनेको छु, हामीलाई भर गरेको अवस्था छैन । कांग्रेस पनि पुरातन पार्टी त हुँदै हो । अरुले पनि भर गर्ने गरी हाम्रो नेतृत्व आउनुपर्छ । तर, टाइम लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर