केन्याले नेपाललाई दियो १०१ रनको लक्ष्य, सन्दिपले लिए ५ विकेट – Nepal Press

केन्याले नेपाललाई दियो १०१ रनको लक्ष्य, सन्दिपले लिए ५ विकेट

काठमाडौं । नेपालसँगको टी २० शृंखलाअन्तर्गत चौथो खेलमा केन्याले एक सय एक रनको लक्ष्य प्रस्तुत गरेको छ ।

केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदान टस जितेपछि ब्याटिङमा आएको घरेलु टिमले १९.३ ओभरमा सबै विकेट गुमाएर एक सय रनको योगफल तयार गर्यो । केन्याका लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए ।

कोलिन्स ओबुयाले २० रन र सेम एनगोचे १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट वलिङ प्रदर्शन गरे । उनले ४ ओभरमा मात्रै ९ रन खर्चिए । आदिल अन्सारीले २ विकेट लिँदा दिपेन्द्र सिंह एरि र साहव आलमले समान एक विकेट लिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *