सनराइज बैंकले सुरू गर्‍यो थप ४ ठाउँमा शाखासहित बैंकिङ सेवा – Nepal Press

सनराइज बैंकले सुरू गर्‍यो थप ४ ठाउँमा शाखासहित बैंकिङ सेवा

काठमाडौं । । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका विभिन्न ठाउँमा बैंकिङ शाखा पुर्‍याउने उद्देश्यले इटहरी, सिरहा, रौतहट र लहानमा शाखारहित सेवा सुरू गरेको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने छ । त्यहाँबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवा लिन सक्ने बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटीएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर