भारतीय अर्बपति गौतम अडानी बने विश्वका तेस्रो धनी व्यक्ति – Nepal Press

भारतीय अर्बपति गौतम अडानी बने विश्वका तेस्रो धनी व्यक्ति

काठमाडौं । भारतीय अर्बपति गौतम अडानी १३७.४ बिलियन डलर सम्पत्तिसहित विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । उनले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै तेस्रो स्थान हासिल गरेका हुन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको शीर्ष तीनमा एसियाका धनाढ्यले प्रवेश गरेको यो पहिलोपटक हो । टेस्लाका संस्थापक एलन मस्क २५१ अर्ब डलर सम्पत्तिसहित सूचीको शीर्ष स्थानमा छन् । जेफ बेजोस १५३ अर्ब डलरसहित दोस्रो स्थानमा छन् । रिलायन्सका अध्यक्ष मुकेश अम्बानी ९१.९ बिलियन डलर सम्पत्तिसहित ११ औं नम्बरमा छन् ।

अडानी पोर्ट्स एण्ड स्पेशल इकोनोमिक जोन लिमिटेड भारतको सबैभन्दा ठूलो निजी पोर्ट अपरेटर र ‘एन्ड टु एन्ड लजिस्टिक प्रोभाइडर’ हो । यसका १३ रणनीतिक पोर्ट र टर्मिनलले देशको बन्दरगाह क्षमताको २४ प्रतिशत प्रतिनिधित्व गर्दछ ।

यसबाहेक हालैमात्र अडानी समूहले आफ्नो सहायक कम्पनी विश्वप्रधान कमर्शियल प्राइभेट लिमिटेडमार्फत एनडीटीभीको प्रवर्द्धक कम्पनी आरआरपीआर होल्डिङ प्राइभेट लिमिटेडको ९९.९९ प्रतिशत शेयर किन्ने प्रयास गरेको थियो । जसले भारतमा ठूलो तरगं नै ल्याएको छ ।

केही कानुनी प्रावधानका कारण उक्त डिल सफल भने हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर