चीनमा ६१ वर्षयताकै खडेरी, कृत्रिम वर्षाले झन् ठूलो आपत – Nepal Press

चीनमा ६१ वर्षयताकै खडेरी, कृत्रिम वर्षाले झन् ठूलो आपत

काठमाडौं । चीनले ६१ वर्षयताकै सबैभन्दा ठूलो खडेरीको सामना गरिरहेको छ ।

खडेरीको कारण अत्याधिक गर्मी हुन थालेपछि चीनका १६५ शहरहरुमा ‘हिट अलर्ट वार्निङ’ जारी गरिएको छ । अन्तर्राष्टिय संचार माध्यमहरुका अनुसार मध्य र दक्षिणी चीनका करिब २५ सहरमा हाल तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

अत्याधिक खडेरीका कारण चीनका राष्ट्रपति सि जिङ पिङले सिचुवान र चोङकिङ प्रान्तका १५ सहरमा क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराएका छन् जसका कारण बाढी र पहिरोको जोखिम बढ्न गएको छ । सोही कारण यी शहरबाट एक लाख मानिसलाई स्थानान्तरण गरिएको छ ।

अत्याधिक गर्मी र खडेरीका कारण माटोको पानी सोस्ने क्षमता घटेको कारण क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराउने सि जिङ पिङको कदम गलत प्रमाणित भएको छ ।

सुक्खा पहाडले पानीको तीव्र प्रवाह सोस्न नसकेपछि हाल कृत्रिम वर्षा गराइएको ठाउँमा बाढी र पहिरोको जोखिम बढेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर