विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयको चार्जिङ स्टेसन सञ्चालनमा (भिडिओ) – Nepal Press

विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयको चार्जिङ स्टेसन सञ्चालनमा (भिडिओ)

एकैपटक तीन वटा गाडी चार्ज गर्न सकिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनबाट सेवा दिन सुरु गरेको छ ।

मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनको उद्घाटन गरेकी हुन् । चार्जिङ स्टेसनबाट एकै पटक तीन वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको छ भने एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च हुने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।

देशका विभिन्न ५१ वटा ठाउँमा पनि चार्जिङ स्टेशन निर्माण भइरहेको प्राधिकरणाले जनाएको छ । प्राधिकरणका अनुसार मुलुका बिभिन्न राजमार्गका साथै मुख्य बसपार्क र अन्य आवश्यक देखिएका स्थानमा समेत चार्जिङ स्टेशन थप गर्दै लैजाने योजना रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर