एकै दिन २४८ बस चालक ट्राफिक कारबाहीमा – Nepal Press

एकै दिन २४८ बस चालक ट्राफिक कारबाहीमा

काठमााडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत मंगलबार २४८ जना चालकलाई कारबाही गरेको छ । बिहान ५ बजे देखी ८ बजेसम्म गरिएको चेकिङका क्रममा कागजपत्र साथमा नभएका ७ जना विद्यार्थी चालक कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।

चेकिङकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य २४१ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनसार जसमा बिहानै मदिरा सेवन गरि सवारी साधन चलाउने ३ जना चालक रहेका छन् ।

नयाँ बसपार्क क्षेत्रबाट बा ३ ख १००३ नम्बरको बस चालक, बा १ ज ८१ ८१ नम्बरको माईक्रो बसका चालक र दरबारमार्ग क्षेत्रबाट बा ४ ख ८० ५९ नम्बरको ट्रक चालकलाई मापसे गरी सवारी साधन चलाएको कसुरमा ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर