पशुपतिमा हेर्नुस् तीजको रौनक (फोटो फिचर)
काठमाडौं । आज हरितालिका तीजका अवसरमा हजारौं महिलाहरुले पशुपतिनाथको दर्शन एवम् पूजाअर्चना गरेका छन् ।
पशुपतिमा १५ वर्षपछि भक्तजनहरुका लागि आज पूर्व ढोका खोलिएको थियाे । त्यस्तै, आजको दिन मन्दिरको मूलढोका अगाडि फोटो खिच्नेलाई जरिवाना लिने नियम ल्याइएको थियो ।
तीज व्रत बसेर गीतसंगीतमा रमाइलो गरेर तीज मनाउने चलन छ । विशेषगरी अविवाहितहरुले शिवको अराधना गरेर सुयोग्य वरको लागि व्रत बस्छन् भने विवाहितले आफ्नो पतिको दीर्घायुका लागि पूजा गर्ने पौराणि विश्वास रहेको छ । हिजो दर खाने र आज कठोर व्रत बस्ने चलन छ । त्यस्तै, आज व्रतालुहरुले पशुपतिको दर्शन गरी मनाएका छन् ।
थप तस्बिरहरु: