फनपार्कलाई बक्यौता कर तिर्न काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम – Nepal Press

फनपार्कलाई बक्यौता कर तिर्न काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र कर बुझाउन पत्र काटेको छ ।

महानगरका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले आज पत्र लेख्दै फनपार्कले महानगरलाई बुझाउनुपर्ने कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) वर्षौंदेखि नबुझाएको र पटक पटक ताकेता गर्दा पनि नतिरेको उल्लेख गरेका छन् ।

हालसम्म बुझाउन बाँकी रहेको कर जरिबानासहित तिर्न फनपार्कलाई अल्टिमेटम दिइएको हो ।

‘व्यवसाय कर र वहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाका राजश्व विभाग बबरमहलमा गई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न हुन अनुरोध छ’, महानगरको पत्रमा भनिएको छ ।

महानगरले तोकिएको समयमा नबुझाए फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकीसरह असुल गरिने जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *