विधायन समितिमा एमालेको प्रस्ताव- नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता (पूर्णपाठ) – Nepal Press

विधायन समितिमा एमालेको प्रस्ताव- नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता (पूर्णपाठ)

काठमाडौं । विचाराधीन नागरिकता विधेयकका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदको विषयगत समितिमा आफ्नो लिखित दृष्टिकोण प्रस्तुत गरेको छ । समितिका एमाले सांसदहरूले राष्ट्रपतिबाट आएको सन्देशका भावहरूलाई समेट्दै संशोधन प्रस्ताव राखेका हुन् ।

एमालेले बुँदागतरूपमा विभिन्न संशोधनका प्रस्तावहरु अघि सारेको छ । एमालेको प्रस्तावमा अनुसार सबैभन्दा विवादको विषयका रूपमा रहेको नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता प्रदान गर्नुपर्ने उल्लेख छ ।

एमालेको संशोधन प्रस्ताव छ, ‘नेपाली नागरिकतासँग वैवाहिक सम्वन्ध कायम गरेकी विदेशी महिलाले नेपाली नागरिकता लिन चाहेमा कानून बमोजिम नागरिकता लिन सक्नेछिन् । त्यसका लागि वैवाहिक सम्वन्ध कायम गरेको मितिबाट ७ वर्षपछि मात्रै नेपालको वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न सक्नेछिन् ।’

नेपालको नागरिकता प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउँदा आफू जन्मिएको देशको नागरिकता त्याग गरेको प्रमाण पनि पेस गर्नुपर्ने एमालेको प्रस्तावमा उल्लेख छ । नागरिकता नपाउञ्जेलको अवधिका लागि विदेशी महिलाले राजनीतिक र प्रशासनिक अधिकार बाहेकका अधिकार प्राप्त गर्ने गरी परिचयपत्रको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

एमालेले राष्ट्रपतिको सन्देशमा उल्लेख भएबमोजिम महिलाको नामबाट नागरिकता वितरण गर्दा स्वघोषणाको प्रावधानलाई ‘स्वैच्छिक’ बनाउनुपर्ने धारणासमेत राखेको छ ।

तर, महिलाले पेश गरेको स्वघोषणामाथि शंका लागेको खण्डमा नागरिकता जारी गर्ने अधिकारीले जारी गर्नुअगावै जाँचबुझ गर्न सक्ने एमालेको प्रस्तावमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर