कैलाली- ५ मा कांग्रेसबाट आरजुको एकल नाम सिफारिस, प्रदेशमा को-को ? – Nepal Press

कैलाली- ५ मा कांग्रेसबाट आरजुको एकल नाम सिफारिस, प्रदेशमा को-को ?

कैलाली । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा पत्नी आरजु राणा देउवाको नाम नेपाली काँग्रेसले कैलाली– ५ बाट सर्वसम्मत सिफारिस गरेको छ ।

नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बुधबार बसेको बैठकले डा. आरजु राणा देउवा संघिय संसदमा सर्वसम्मत एकल उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनी यस अघि पनि यहि क्षेत्रबाट उम्मेदवार बनेकी थिइन् । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा एमाले उम्मेदवार नारदमुनि रानासँग पाँच हजार बढी मतान्तरले पराजित भएकी राणा फेरी रानासँगै चुनावी मैदानमा उत्रिने भएकी हुन् ।राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् ।

त्यसै गरी संघिय समानुपातिकका लागि पनि महिला तर्फबाट जीवन राना सर्वसम्मत एकल उम्मेदवार बनेकी छन् । उनी अघिल्लो पटक एमाले उम्मेदवार नेपालु चौधरीसँग प्रत्यक्षमा पराजित भएकी थिइन् ।

प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकमा सर्वसम्मत भएपनि प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकमा भने दुई दर्जन बढीले दाबी गरेका छन्
बुधबार नेपाली काँग्रेस कैलाली धनगढी पार्टी कार्यालयमा बसेको बैठकले प्रदेशको प्रत्यक्ष र समानुपातिक तर्फ २६ जनाको नाम उपल्लो समितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले कैलाली ५ को ‘क’ प्रदेश सभाको लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरेको छ । जसमा गणेश बहादुर देउवा, सन्तराम चौधरी, रामसमझ राना, प्रभातकुमार चौधरी, प्रेमराज जोशी, नारायणप्रसाद बराल, लक्ष्मीनारायण चौधरी र सिताराम राना रहेका छन् ।
यसै गरी समानुपातिक तर्फ १८ जनाको नाम सिफारिस गरिएको छ ।

जसमा उद्धबबहादुुर विष्ट, सिताराम राना, गणेशबहादुर देउवा, सन्तराम चौधरी, आशाराम राना, रामसमझ राना, प्रभातकुमार चौधरी, जमुना दाहाल भण्डारी, अम्बादत्त भट्ट, नारायणदत्त भट्ट, प्रमीला लम्साल, गणेशप्रसाद जोशी, गरिवदास डगौरा थारु, लम्मी प्रसाद देवकोटा, लक्ष्मीनारायण चौधरी, कमलबहादुर पुन मगर, सरोज चौधरी र लक्ष्मी भण्डारीको नाम सिफारिस गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर