मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध
नेपाल प्रेस
२०७९ भदौ १६ गते १०:५९
चितवन । लगातारको वर्षासँगैआएको पहिरोको कारण मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा मुसलधारे पानीसहित सडकमा लेदो र पहिरो खसेको मुग्लिन प्रहरीले जनाएको छ ।
सडक संचालनको लागि अझै केहि समय लाग्ने चितवन प्रहरीले जनाएको छ । बिहान साढे ५ बजेतिर पहिरो खसेको हो ।
पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको पनि प्रहरीले जनाएको छ । त्यस्तै, चितवनको इच्छाकामना गाउँपालिका ६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ । त्यहाँ पनि सडक बन्द भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर