निलम्बित प्रधानन्यायाधीशसँग दोस्रो दिनको बयान शुरु – Nepal Press

निलम्बित प्रधानन्यायाधीशसँग दोस्रो दिनको बयान शुरु

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको दोस्रो दिनको बयान शुरु भएको छ । प्रतिनिधि सभाको महाभियोय सिफारिस समितिले जबराको बयान लिइरहेको छ । आज ११ बजे राणालाई बयानका लागि बोलाइएको थियो।

बुधबार समितिले सिंहदरबार चोलेन्द्रको बयान लिएको थियो । तर बयान नसकिएपछि उनको आज पनि बयान लिइएको कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए ।

समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए ।

उनले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गरेका थिए । बुधबार जबराले चार घण्टा बयान दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर