दाउदको सूचना दिनेलाई २५ लाख पुरस्कार घोषणा
काठमाडौं । भारतको राष्ट्रिय अनुसन्धान विभागले विख्यात अन्डरवर्ल्ड डन दाउद इब्राइमको बारेमा सूचना दिनेलाई २५ लाख भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।
इब्राइम ‘डी कम्पनी’ नामक गैरकानूनी ग्याङका सञ्चालक हुन् । यो ग्याङले भारतमा हतियार, विस्फोटक पदार्थ, लागूपदार्थ र नक्कली भारतीय रुपैयाँ तस्कर गर्दै आएको छ । ‘डी कम्पनी’ ले भारतमा विभिन्न समयमा आतकंवादी हमलासमेत गराउँदै आएको छ ।
अनुसन्धान विभागले दाउदसँगै उनका भाइ तथा निकटत्तम सहयोगी अनिज इब्राइम उर्फ हाजी अनिज, जाबेद पटेल उर्फ जाबेद चिक्ना, शकिल शेख उर्फ छोटा सकिल, अब्दुल राजाक मेमोन उर्फ टाइगर मेमोन र इब्रायिम मुस्ताकको नाममा पनि २० लाख र १५ लाख भारु पुरस्कार तोकेको छ ।