स्वतन्त्रहरूको लौरो अभियान घोषणा, को कहाँबाट लड्दैछन् ? (सूचीसहित) – Nepal Press
आम चुनाव-२०७९

स्वतन्त्रहरूको लौरो अभियान घोषणा, को कहाँबाट लड्दैछन् ? (सूचीसहित)

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेको समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेको छ ।

स्थानीय चुनावमा केही ठाउँको परिणाम देखेर हौसिएका स्वतन्त्र उम्मेदवार संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारीमा छन् । यसको नेतृत्व सुमन सायमीले गरेका छन् ।

ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजित अभियानको घोषणा समारोहमा साझा घोषणा पत्र, चुनाव चिन्ह र साझा उम्मेदवार घोषणा गरिएको हो । नेपालको झण्डा ओढेर उम्मेदवारहरू सार्वजनिक भएका थिए ।

सायमी यसअघि वैशाख ३० को स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरमा लडेका थिए । उनले आँखीझ्याल चुनाव चिन्ह पाएका थिए । बालेनसँगको प्रतिस्पर्धामा लोकप्रिय मत ल्याएका सायमी बालेनको विजयी र्‍यालीमा सहभागी भएका थिए ।

स्वतन्त्र उम्मेदवहरू कसको कहाँबाट छ तयारी ?

प्रतिनिधिसभा

मधुसुदन पाठक ‘सिते बा’ – काठमाडौं-५

विद्या श्रेष्ठ महर्जन- काठमाडौं-९

ई. रोहन कार्की- काठमाडौं- २

राजाराम तण्डुकार- ललितपुर-३

भिष्म राना- रुपन्देही-५

सुमन सायमी -काठमाडौं- ८

दर्‍हो स्तम्भ लोकेन्द्र- भक्तपुर-२

प्रदेशसभा

गजेन्द्रकुमार भगत- उदयपुर- १ (क)

विनोद बजगाईँ- काठमाडौं- २ (क)

अनिलकुमार पाण्डे- महोत्तरी-२ (ख)

विजय कालिकोटे- सुनसरी १ (क)

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर