मिटरब्याजीलाई कारबाहीको माग गर्दै किसानकाे प्रदर्शन – Nepal Press

मिटरब्याजीलाई कारबाहीको माग गर्दै किसानकाे प्रदर्शन

काठमाडौं । काठमाडौंमा मिटरब्याजी र ठगी गर्नेविरुद्ध कारबाहीको माग गर्दै किसान तथा मजदुरहरुले प्रदर्शन गरेका छन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले आज राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरेको हो । समितिले माइतीघरदेखि बालुवाटारसम्म विभिन्न ब्यानर तथा प्लेकार्ड देखाउँदै प्रदर्शन गरेको हो ।

मिटरब्याजीविरुद्ध संघर्ष समितिको यो ३० औं कार्यक्रम हो । ‘दृष्टि बन्धक खारेज गर’, ‘छिनुवा पास फिर्ता गर’ तथा ‘जाली तमसुक मान्दैनौं’ जस्ता नारा लगाउँदै बालुवाटारसम्म प्रदर्शन गरिएको थियो ।

प्रदर्शनका क्रममा प्लेकार्डमा ‘सबै सुद्खोरहरुको सम्पत्ति छानबिन गर’, ‘सम्पूर्ण नगदेबालीको समर्थन मूल्य कायम गर’, ‘उच्चस्तरीय न्यायिक आयोग गठन गर’ जस्ता नारा लेखिएको थियो ।

उनीहरुले धर्नासमेत दिएका थिए ।

तस्बिरहरु: गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *