प्रदेश सभापतिकै जिल्ला डोटीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय, प्रेम आलेलाई स्वीकार नगर्ने – Nepal Press

प्रदेश सभापतिकै जिल्ला डोटीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय, प्रेम आलेलाई स्वीकार नगर्ने

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री बिर बहादुर बलायरको जिल्लामा कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एक्लै चुनाव लड्ने निर्णय गरेको जिल्ला सचिव गणेश खड्काले जानकारी दिए । ‘‘गठबन्धनको कुनै आवश्यकता र औचित्यता छैन’, उनले भने, ‘डोटीमा हामी एक्लै लड्छौं । आज बैठकले उम्मेदवार बन्न आकांक्षीहरु पनि सिफारिस गरेको छ ।’

यहाँ माओवादी र नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेका छन् । माओवादीबाट मुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपा एसबाट पूर्वमन्त्री प्रेम आले गठबन्धनबाट सिटको दाबी गरिरहेका छन् । डोटीमा गठबन्धनको मापदण्डअनुसार नेकपा एसका नेता प्रेम आलेले टिकट पाउछन् । तर स्थानीय चुनावमा सबै दल मिलाउँदा पनि कांग्रेस एक्लै भारी रहेकाले कुनै हालतमा आलेका लागि कांग्रेसको सुनिश्चित सीट नछाड्ने अडान नेताहरुको छ ।

यस्तो बेला जिल्ला समितिले तालमेल नगर्ने निर्णय गरेपछि सिट बाँडफाँट पेचिलो हुने देखिएको छ । यहाँ कांग्रेसबाट मात्रै पाँच जनाले दाबी गरेका छन् । पूर्वमन्त्री तथा प्रदेश सभापति वीरबहादुर बलायरसँगै प्रदेशसभा सदस्य भरत बहादुर खड्काले पनि दाबी गरेका छन् । त्यस्तै, यज्ञराज पाठक, गोरख विष्ट (आनन्द) र धिरेन्द्र शाहीले पनि ईच्छा व्यक्त गरेका छन् । प्रदेश सभा क तर्फ नरेन्द्र बहादुर सिंह र जित बहादुर खड्का तथा ‘ख’ तर्फ प्रदीप कुमार देउवा र भूमिराज बडुको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर