अर्थतन्त्रको मेरुदण्ड कृषिप्रति सरकार व्यहारिक र जिम्मेवार भएन : खनाल – Nepal Press

अर्थतन्त्रको मेरुदण्ड कृषिप्रति सरकार व्यहारिक र जिम्मेवार भएन : खनाल

काठमाडौं । गाउँसुधार तथा कृषकहित संरक्षण मञ्च नेपालले देशको अर्थतन्त्रको मेरुदण्ड कृषि भएपनि राज्य उक्त क्षेत्रबारे व्यवहारिक र जिम्मेवार हुन नसकेको आरोप लगाएको छ ।

अध्यक्ष दुर्गाप्रसाद खनालले कृषिले नै नेपाली जनताको उन्नति र प्रगतीको ढोका खुल्नेबारे राज्यले सैद्धान्तिक तरिकाले स्वीकारे पनि व्यवहारिक रुपमा अन्यन्तै ढिलासुस्ती गरेको आरोप लगाए । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खनालले नेपालका ६५.६ प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको उल्लेख गरे । उनले कृषिमा आधारित रहने ठुलो हिस्सा अन्यौल र अस्तव्यस्त परिस्थितिमा गुज्रिरहेको बताए ।

उनले सरकारले अरबौं रुपैयाँ बजेट कृषिमा छुट्याए पनि समयमै मल नपाइने भन्दै किसानका समस्या जहाँको त्यहीँ रहेको गुनासो गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर