सिन्धु कांग्रेसबाट दुवै क्षेत्रमा उम्मेदवार सिफारिस- नयाँलाई काख, पुरानालाई पाखा !
सिन्धुपाल्चोक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसको दुवै क्षेत्रीय कार्यसमितिले प्रत्यक्ष र समानुपातिक तर्फका उमेदवारहरूको नाम जिल्ला समितिमा सिफारिस गरेको छ ।
नेपाली कांग्रेस सिन्धुपाल्चोकमा लामो समयदेखि दुई गुट छ । पार्टी सभापति शेरबहादुर देउवा गुटको नेतृत्व केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले गरिरहेका छन् भने कोइराला गुटको नेतृत्व हाल वंशलाल तामाङले गरेका छन् ।
क्षेत्र नम्बर २ बाट प्रदेश र प्रतिनिधिसभामा सिफारिस गर्दा केही सन्तुलन मिलाए पनि १ मा भने केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफू इतर पक्षका नेताहरूप्रति कठोर हुँदै क्षेत्रीय समितिमा नै रोक्न सफल भएका छन् ।
स्थानीय निर्वाचनमा नेपाली कांग्रेसमा प्रवेश गरेर क्रियाशिल सदस्यतासम्म नपाएकाहरूलाई प्रत्यक्ष र समानुपातिक उमेदवारमा सिफारिस गर्दौगर्दा पुराना कांग्रेसी नपरेपछि असन्तुष्टि बढेको छ ।
क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको एकल नाम सिफारिस गरिएको छ । समानुपातिकमा सिद्धीबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्यको नाम सिफारिस गरिएको छ ।
१ को (क) मा ११ जनाको नाम सिफारिस हुँदा कांग्रेसका पुराना नेताहरू भने सिफारिसमा परेका छैनन् । भोला बोहरा, विष्णुबहादुर खत्री, साङबो शेर्पा, गंगाबहादुर श्रेष्ठ, मसिना भण्डारी, दोर्जे लामा, देवीबहादुर बुढाथोकी, भीमप्रसाद पौडेल, बेदबहादुर श्रेष्ठ, कमल श्रेष्ठ र चित्रबहादुर बस्नेत प्रत्यक्षतर्फ सिफारिस भएका छन् । प्रदेश समानुपातिकमा हरिशरण श्रेष्ठ र लीला नेपाल सिफारिसमा परेका छन् ।
सिन्धु कांग्रेसका पूर्वसभापतिसमेत रहेका भुपेन्द्रबहादुर थापालाई कहिँ सिफारिस गरिएको छैन । जिल्ला अधिववेशनमा सभापति लडेका डा. प्रेमध्वज लामा पनि सिफारिसमा परेनन् । नेविसंघ पूर्वमहामन्त्री वलदेव तिमिल्सिना, महिला नेतृ गीता नेपाल, पूर्व जिल्ला सचिव कृष्ण न्यौपानेलगायतका हस्तीहरू पनि सिफारिसमा नपरेको भन्दै कार्यकर्तामाझ टिप्पणी बढेको छ ।
क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ देवेन्द्र खडका, राजेन्द्र कुमार श्रेष्ठ, जंगबहादुर लामा, केदार क्षेत्री, श्रवणकुमार जिसी, सगुन श्रेष्ठ, रुपकाजी लामा, रामकुमार तामाङ, फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन) र सर्मिता घिमीरे सिफारिस भएका छन् ।
त्यस्तै समानुपातिकमा दुर्गाराज गिरी, रामकुमार थापा, उमेश प्रधान, रामबहादुर लामा, ङिमा जाङबो शेर्पा, चित्रकुमार मिजार, मञ्जु नेपाल भण्डारी र रोशनी श्रेष्ठ सिफारिसमा परेका छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा भने विष्णुविक्रम थापा, राजेन्द्रबहादुर गोर्खाली (राजु), वंशलाल तामाङ र अनुप न्यौपाने सिफारिस भएका छन् । त्यस्तै समानुपातिकमा विकास लामा र शिव सुनार सिफारिसमा परेका छन् ।
२ को (क) मा उद्धव बानियाँ, विकास तामाङ, टंक कार्की, अनिलकुमार तामाङ, देवप्रसाद बानियाँ, भुपेन्द्र थापा, राजेन्द्रमान ताल्चा भडेल सिफारिस भएका छन् ।
प्रदेश सभा (ख) मा कृष्णबहादुर तामाङ, पासाङ दोङ, विष्णु खडका, मधुसुदन सिग्देल, र सागरकुमार श्रेष्ठलाई सिफारिस गरिएको छ ।